अञ्चल अस्पतालमा पोष्ट ग्रयाजुएसन

1.3K

अञ्चल अस्पतालमा पोष्ट ग्रयाजुएसन

बुटवल, ६ असार । आगामी शैक्षिक सत्रदेखि लुम्बिनी अञ्चल अस्पतालमा पोष्ट ग्रयाजुएसनको पढाई सुरु हुँदैछ । चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (बीर अस्पताल) को मातहतमा चिकित्सकहरुले अध्ययन गर्ने पोष्ट ग्रयाजुएसन (मास्टर डिग्री)को यहि शैक्षिक सत्रदेखि सुरु हुने लुम्बिनी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले जानकारी दिनुभयो ।

जसअनुसार लुम्बिनी अञ्चल अस्पताल बुटवलमा हाल रहेका ११ वटा विभाग मध्ये तत्काललाई बालरोग, हाड तथा जोर्नी, स्त्री तथा प्रसुती र जनरल प्राक्टिस गरी चार विभागमा अध्यापन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र सन्जेल क्षेत्रीले जानकारी गराउनु भयो । उहाँका अनुसार अस्पतालले बाँकी विभागमा पनि क्रमश अध्यापन बढाउँदै लैजाने छ । आगामी शैक्षिक सत्र भदौ महिनादेखि सुरु हुनेछ ।