चिकित्सकलाई मनोरोग अभिमुखिकरण

1.3K

चिकित्सकलाई मनोरोग अभिमुखिकरण

बुटवल, ६ साउन । लागु औषध दुव्र्यसनीलाई कसरी उपचार गर्ने भन्ने विषयमा यस क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई अभिमुखिकरण गराईएको छ ।
लालिगुराँश नशा तथा मनोरोग क्लिनिक बुटवलको आयोजनामा मेडिकल अधिकृतहरुलाई तालिम प्रदान गरिएको हो । उक्त अभिमुखिकरण तालिममा लुम्बिनी अञ्चल अस्पताल, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल र देवदह मेडिकल कलेजमा कार्यरत ३० जना चिकित्सकहरु सहभागि भएको मनोरोग विशेषज्ञ डा. बिक्रम काफ्लेले जानकारी दिनुभयो ।

अहिले पछिल्लो समयमा मदिरा, ब्राउन सुगर, गाँजा तथा सूर्तिजन्य बस्तुको प्रयोग बढी भएको र त्यसमा बढी मात्रामा १२ देखि १७ वर्षका युवायुवती रहेको पाईएको डा. काफ्ले बताउनु हुन्छ । डिप्रेसन, कडा खालको मानसिक बिमार, चिन्ता, डर लगायतका कारणले लागु औषधको प्रयोग बढी देखिएकाले त्यसको उपचारमा अपनाउनु पर्ने तौरतरिका तालिममा सिकाईएको थियो ।

आम मानिसले यो समस्यालाई सामाजिक कारणका रुपमा लिने गरिएको बताउँदै मनोरोग विशेषज्ञ डा. काफ्लेले त्यसैका कारण समस्या बढ्दै गएको बताउनु भयो । उहाँले यो सामाजिक कारण नभई रोग भएकाले यसको उपचार हुने अस्पतालमा बिरामीलाई समयमै पु¥याउन सक्ने हो भने निको हुने र समयमा नै नरोक्ने हो भने अवस्था बिकाराल बन्ने उहाँले बताउनु भयो । उक्त तालिममा मनोरोग विशेषज्ञ डा. काफ्ले, मनोविज्ञ यशोदा बगालेले प्रशिक्षण गर्नुभएको थियो ।