बुटवल /नेपाल मेडिकल काउन्सीलको निर्वाचन सम्पन्न भएको छ् ।निर्वाचन बाट उपादक्ष्यमाडा नारायण बिक्रम थापा तथा सदस्यहरुमा डा कृष्ण खरेल ,कालुसिन्ह खत्री ,अन्कुर शाह,सुनिल कुमार शाह ,शिवजी पौडेल ,बिश्व राज दवदी र् मनोज मान श्रेष्ठ निर्वाचित भएका छन ।नेपाल मेडिकल काउन्सीलमा २०७४ श्रावण १५ सम्म दर्ता भएका २० हजार एक सय एक जना चिकित्सकले मतदान गर्न पाउने निर्वाचनमा उपाध्यक्षमा ३ जना र सदस्यमा २७ जनाले उमेदवारी दिएका थिए ।सात हजार बढी मत खसेको निर्वाचनमा बुटवलका खरेल पनि निर्वाचित भएका छन ।निर्वाचन उपत्यकामा भदौ २९ ,३० ,र ३१ गते भएको थियो भने उपत्याका बाहिर २३ गते मतदान भएको थियो।बिजयी डा. खरेलका अनुसार चिकित्सा र स्वास्थ्य सेवाका क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई नियन्त्रणका लागी पहल गर्ने, सामान्य केशमा पनि चिकित्सकहरुमाथि हुने भौतिक तथा मानसिक आक्रमणको अन्त्यको पहल गर्ने , नक्कली चिकित्सकका नाममा चिकित्सक माथि राज्य तथा गैरराज्य पक्षवाट कानुनी बाटो नखोजी धरपकड तथा सामाजिक, मानसिक र पारिवारिक तनावको स्थिति सृजना गराउने जस्ता कार्यको अन्त्यको पहल गर्ने विषयहरुलाई प्राथमिकतामा छन् ।लामो समयदेखि चिकित्सा पेशामा संलग्न डा. कृष्ण खरेल गुल्मीको आपचौरमा जन्मेर बुटवलमा स्थायी बसोबास गर्दै आएका खरेल २०५७ सालदेखि चिकित्सक पेशामा संलग्न वरिष्ठ अर्थोपेडिक सर्जन डा. खरेल बुटवलमा रहेर काम गर्दै आएपनि पश्चिम क्षेत्रका वासिन्दाका लागी परिचित नाम हो ।”गुणस्तरीय चिकित्सा शिक्षा र राम्रो स्वास्थ्य सेवा प्रवाह” का लागी पहल गर्ने उद्घेश्य सहित उमेदवारी दिएका खरेल आफ्नो भन्दा आफ्ना मित्रको भलोमा लाग्ने स्वभाव भएका व्यक्तिको रुपमा चिकित्सक विच चिनिन्छन् ।वि.स. २०४६ सालमा तत्कालिन काठमाण्डौ भ्याली क्याम्पसको पहिलो निर्वाचित स्टुडेन्ट काउन्सीलको अध्यक्ष भएका डा. खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको सदस्य हुन । देवदह मेडिकल कलेज तथा शिक्षण अस्पतालको मेडिकल सुपरिटेण्डेन्टका रुपमा समेत काम गरिसकेका छन् भने अन्य आधा दर्जन स्थापित सस्थामा काम गरिसकेको अनुभब छ् । बुटवलको तिलोत्तमा हस्पीटल प्रा.लि का मेडिकल डाइरेक्टरका रुपमा रहेका बरिष्ठ अर्थोपेडिक सर्जन डा. खरेल बिरामीको स्वास्थ्य उपचार सगै सामाजीक सेवा गर्न रुचाउने भएकाले दर्जनौ सामाजिक संघ संस्थामा पनि संलग्न छन् ।