
बुटवल, १ चैत । गुल्मीको रिमुवा–रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अबसरमा रक्तदान तथा स्वास्थ्य जनचेतना कार्यक्रम गरेको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलको सहयोगमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए ।
त्यसै अवसरमा आयोजना गरिएको स्वस्थ्य जनचेतना कार्यक्रममा स्वास्थ्य प्रशिक्षक कमला ज्ञवालीले स्तन तथा पाठेघर क्यानसर सम्बन्धि परामर्श प्रदान गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष मतिराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हुमबहादुर पछाई, सचिव विष्णु गौतम लगायतले भनाई राख्नुभएको थियो । उक्त संस्थामा ९० जना आजिवन सदस्य र ६० जना साधारण सदस्य रहेको अध्यक्ष पौडेलले जानकारी गराउनु भयो ।