
बुटवल, ८ चैत । बुटवल कालिकानगर स्थित चौराह अस्पतालले दृष्टि बिहीनहरुलाई निशुल्क उपचार गरेको छ । जिविकोपार्जनका लागि सडकमा गित गाउदै आएका दुई दृष्टि बिहीन र एक उनका सहयोगिलाई अस्पतालले निशुल्क औषधि उपचार गरेको हो ।
बजारका चोक चोकमा गित गाउदै हिड्ने क्रममा थकाई लागेर बुटवलको इट्टा भट्टी क्षेत्रको एक रुखको छहारीमा बसिरहेको अवस्थामा एक्कासी माहुरीले टोकेर सख्त घाइते भएका उनिहरुलाई अस्पत्तालले निशुल्क उपचार गरिदिएको चौराह अस्पत्तालका जन सम्पर्क अधिकृत जनक केसीले जानकारी दिनुभयो ।
माहुरीको टोकाइबाट घाइते हुनेहरुमा ललितपूर जिल्ला भैसेपाटी बस्ने ४६ बर्षिय गणेश शाही, सोही ठाउकै ३८ बर्षिय सञ्जु राई र उनिहरुको रेखदेखमा खटीएकी सोही ठाउकै ३८ बर्षिय सुशिला धिमाल रहेका छन् । सडकमा गित गाएर जिविकोपार्जन गर्दै आएकाहरुलाई निशुल्क उपचार गरि दिएकोमा उनिहरुले अस्पतालप्रति कृतज्ञता ज्ञापन गरे ।