प्रेस युनियन रुपन्देहीले सदस्यको दुर्घटना बिमा गर्ने

1.3K

प्रेस युनियन रुपन्देहीले सदस्यको दुर्घटना बिमा गर्ने

बुटवल, १६ चैत । नेपाल प्रेस युनियन रुपन्देहीले आफ्ना सदस्यको बिमा गराउने भएको छ । युनियन रुपन्देहीको शुक्रवार बुटवलमा बसेको कार्यसमिति बैठकले बार्षिक कार्ययोजना तयार गर्दै सदस्यहरुको दुर्घटना बिमा गर्ने भएको छ ।

यो कार्यक्रम अन्तरगत युनियनमा आवद्ध सवै सदस्यहरुको एक मुस्ट बिमा गरिने छ । बिमा पश्चात भैपरी आउने घटनाका बेला सदस्यहरुले आर्थिक राहत पाउने र त्यसबाट सदस्यहरुलाई राहत हुने हुँदा बिमा कार्यक्रम ल्याईएको सभापति रेखा भुसालले जानकारी दिनुभयो ।

त्यस्तै पत्रकारहरुको हौसला बृद्धिका लागि पत्रकारिता पुरस्कारहरु समेत थप गरिने युनियनको कार्ययोजनामा समावेस गरिएको छ । युनियन रुपन्देहीले हालै स्थापना गरेको शिक्षा पत्रकारिता पुरस्कार नियमावली तयार पार्नका लागि युनियनका पुर्व सभापति छबि पाण्डेको संयोजकत्वमा तिन सदस्यीय समिति समेत गठन गरेको छ ।

समितिको सदस्यहरुमा निवर्तमान सभापति बिक्रम खड्का र युनियनका सदस्य लालप्रसाद (कृष्ण) पगेंनी रहेका छन् । युनियनले पारित गरेको १५ बुँदे कार्ययोजनामा प्रत्येक नयाँ बर्ष क्यालेण्डर प्रकाशन गर्ने देखि बार्षिक रुपमा स्मारिका प्रकाशन गर्ने सम्म रहेका छन् ।

त्यस्तै युनियनमा आवद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम गर्ने, श्रमजिवि पत्रकारहरुको हितकालागि न्युनतम पारिश्रमिक लागु गर्न सम्बन्धित निकाय वा मिडिया हाउसहरुलाइ खबरदारी गर्ने, युनियनको कार्यालय स्थापना गर्ने, पत्रकार कल्याणकारी कोषको रकम बृद्धि गर्दै लैजाने जस्ता योजना रहेको सचिव श्यामशंकर पाण्डेले जानकारी दिनुभयो ।