
बुटवल २२ चैत्र । नेपाल रेडक्रस सोसाइटी ५ नं. प्रदेशको प्रथम प्रदेश अधिबेशन लुम्बिनीमा सम्पन्न भएको छ । अधिवेशनलाई उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन वरालले मानिवय संस्था रेडक्रसलाई साधनस्रोत सम्पन्न बनाउन सरकारले सहयोग गर्ने बताउनु भएको छ ।
अत्यन्तै संवेदशिल अवस्थामा पनि राहत र उद्धारमा खटिनु पर्ने रेडक्रसकर्मीहरुलाई चाहिने स्रोत साधनका लागि सबैले मद्धत गर्न पनि आग्रह गर्नुभयो । सो अवसरमा प्रदेश सभा सदस्य फकरुद्धिन खान, रेडक्रसका केन्द्रिय उपाध्यक्ष हरि न्यौपाने, अजित शर्मा, सुर्दशन नेपाल, शशी पन्थी,सुर्यचन्द्र न्यौपाने, भगवती शर्मा,प्रेमलाल उदासले विपत बाजा बजाएर नआउने भएकोले पुर्व तयारीका लागि सबै गंभिर बन्नु पर्ने भनाई राख्नु भएको थियो ।
सो अवसरमा बोलेका थिए । प्रथम अधिवेशनबाट शम्भु पोख्रेलको अध्यक्षमा १२ सदस्यीय प्रदेश समिती सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा बर्दियाका किरण श्रेष्ठ जोशी, महासचिवमा रुपन्देहीका कृष्ण पगेनी, कोषाध्यक्षमा बांकेका राज कुमार बर्मा, उप महासचिवमा दाङका ईश्वर पोख्रेल, उप कोषाध्यक्षमा रुकुमपुर्वका दामोदर पौडेल रहेका छन् ।प्र
देश सदस्यहरुमा कपिलवस्तुका केशव सिह, पाल्पाका कृष्ण अधिकारी, गुल्मीका राधा पन्थी, नवलपरासीका हैदर अलि, रोल्पाका मान बहादुर घर्ती मगर र प्युठानका मिना गिरी रहेका छन । नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको आतिथ्यतामा भएको कार्यक्रम प्रदेश तदर्थ समितिका सदस्य कृष्ण पंगेनीको स्वागत र नवराज ढुंगानाको संचालनमा सप्पन्न भएको थियोे ।