स्वास्थ्य प्रयोगशाला सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

1.3K

स्वास्थ्य प्रयोगशाला सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


बुटवल, २८ बैशाख। मेडिकल ल्याबोटरी एसोसिएसन अफ नेपाल (मेलान)प्रदेश नम्बर ५ को आयोजनामा स्वास्थ्य क्षेत्रमा प्रयोगशालाको भूमिका र यसको अवस्था सम्बन्धी सरोकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा स्वास्थ्य क्षेत्र संग सम्बन्धीत बिभिन्न संघ संस्था, सरोकारवालाहरु सग स्वास्थ्य क्षेत्रमा प्रयोगशालाको भूमिका र यसको अवस्था के कस्तो छ ? प्रयोगशालाई कसरी विश्वसनियता र गुणस्तरीय बनाउन सकिन्छ भन्ने बिषयमा उपस्थित सरोकारवालाले आ आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सरोकारवालाका जिज्ञासालाई सम्बोधन गर्दै मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले मेलानले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित प्रयोगशालाहरुको भौतिक पूर्वाधारहरुको स्तरोन्नति र यस क्षेत्रमा प्रयोग हुने केमिकल्स तथा यन्त्र उपकरणहरुको प्रमाणीकरणलगायतका मुद्दा उठाउँदै आएको र स्वास्थ्य प्रयोगशाला क्षेत्रमा कार्यरत जनशक्तिहरुलाई उनीहरुको दक्षता र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गुणस्तर नियन्त्रण र फोहोर व्यवस्थापन लगायका बिषयमा तालिम प्रदान गर्दै आएको छ।

ल्याबमा हुने ससाना गल्तीका कारण सेवाग्राहीको ज्यान जोखिममा पर्न सक्ने हुँदा यस पेशाप्रति पेशाकर्मीहरु सचेत, इमानदार र कर्तव्यनिष्ठ रहेर सुन्दर प्रयोगशालालाई कार्यन्वयनको तहमा र्पुयाउन समेत उहाँले बताउनु भयो ।जिल्ला जनस्वास्थ्य रुपन्देहीका अधिकृत मोती पौडेलले स्वास्थ्य क्षेत्रको पनि ल्याब अति नै महत्वपूर्ण क्षेत्र रहेको र ल्याबमा बिभिन्न रोगको सही पहिचान गरेर जनतालाई गुणस्तरीय रिपोर्ट प्रदान गर्नुपर्ने बताउनु भयो ।

मेलान प्रदेश ५ का अध्यक्ष निम प्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्राइभेट हस्पिटल एसोसियसन रुपन्देहीका अध्यक्ष रामप्रसाद खरेल, फार्मेसी एसोसियसनका प्रदेश अध्यक्ष धुर्व शर्मा,नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देही अध्यक्ष रामप्रसाद ढकाल मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेल,क्याम्सन रुपन्देहीका अध्यक्ष विष्णु भण्डारी, हेल्थ एसोसियसन संघ रुपन्देहीका सचिव मदन पोखरेल,प्रदेश उपाध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रुद्र बहादुर कार्की लगायतले मेलानले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउन विभिन्न रोगहरुको सही पहिचान, औषधीको समुचित प्रयोग र प्रभावकारिता, विभिन्न स्वास्थ्यसँग सम्बधित अध्ययन अनुसन्धानको क्षेत्रमा अति नै महत्वपूर्ण भूमिका निर्वाह गर्ने र स्वास्थ्य प्रयोगशाला क्षेत्रको विविध समस्या समाधानका लागि नेपाल सरकारसँग माग गरेको छ ।