आगामी ९ गते हुन लागेको नेपाल नर्सिङ् संघको नेतृत्व लिन चुनावी प्रतिस्पर्धामा उत्रीएको प्राध्यापक मुना राना (थापा) समुहले नेर्सिङ पेशामा देखिएको भोलेन्टीयर प्रथा अन्त्य प्रतिवद्धता व्यक्त गरेको छ । नेपाल नसिंङ् संघको यहि पुसको ९ गते निर्वाचन हुँदैछ ।
पेशामा आवद्ध नर्सहरुको हकहितका लागि आवाज उठाउने एकमात्रै पेशागत संस्था नसिंङ् संघको नेतृत्व दावी गर्दै आएको मुना राना समुहले २१ बुदे प्रतिवद्धता सहित पेशामा भोलेन्टीयर प्रथा अन्त्य गर्ने कुरालाई जोडदार रुपमा उठाएको छ ।
प्राध्यापक रानाको नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उपाध्यक्षमा बिमलाकुमारी शाह, महासचिवमा यशोदा बराल, सचिवमा जया मिश्र, कोषाध्यक्षमा कबिता आचार्यले दावी गर्नुभएको छ । त्यस्तै सदस्यमा खुल्लाबाट ज्योती रानाभाट, जनजातीबाट भिमकुमारी श्रेष्ठ, आदीबासीबाट प्रेमालक्ष्मी खागी, दलितबाट मोहनकुमारी गैरे, मधेशीबाट विणाकुमारी यादव, मुस्लिमबाट इजरायल शाह, अ.न.मी.बाट सीता भुसाल र मीरा गुरुङ्ले दावी गर्नुभएको छ ।

राना समुहको २१ बुँदे प्रतिवद्धता
१, नेपाल नर्सिङ संघको सदस्यता विस्तार गर्न आजीवन सदस्या शुल्क समायोजन गरी २ हजार ५ सय बनाउने साथै अनलाइन स्टिम द्वारा सदस्यता वितरण गर्ने ।
२, निजी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुको तलव अन्य सुविधा कम्तिमा सरकारी मापदण्ड बमोजिम गराउन सम्बन्धित निकायलाई दवाव दिई त्यस अनुरुप भए नभएको अनुगमन गर्ने ।
३, सरकारी, गैरसरकारी र निजि अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड बमोजिम विरामी र नर्सको अनुपात कायम गर्ने र रिक्त रहेका दरबन्दीलाई परिपुर्ति गर्न पहल गर्ने ।
४, सरकारी तथा निजि स्वास्थ्य संस्थाहरुमा २४ घण्टा जोखिममा रहेर काम गर्ने नर्सहरुका लागि जोखिम भत्ताको व्यवस्था गर्न पहल गर्ने ।
५, नर्सिङ पेशामा भोलेन्टीर प्रथा निर्मूल गर्ने ।
६, नर्सिङ योजना तथा निति निमार्ण तहमा नर्सहरुको प्रतिनिधित्व गर्न र गराउन पहल गर्ने ।
७, त्रि.वि अन्तर्गत नर्सिङ अध्ययन संस्थान स्थापना गर्न जोड दिने ।
८, नेपाल नर्सिङ परिषद्बाट (सिपिडि) कार्यक्रम अनिवार्य गर्नकालागि नीति बनाउन पहल गर्ने ।
९, पेशागत समस्या परेका नर्सहरुलाई कानुनी सहायताको लागि नर्सिङ हेल्थ डेस्कको स्थापना गरी समस्या समधान गर्ने ।
१०, नर्सिङ सेवाको दायरा फराकिलो बनाउन सरकारी सरह निनजी स्वास्थ्य संस्थाहरुमा तालिमको व्यवस्था गर्न पहल गर्ने र गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न, र गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न, इन्ड्रस्टियल नर्स, होमबेश नर्स र जिरियाट्रिक नर्सको व्यवस्था गर्न सरकारसंग पहल गर्ने ।
११, विशेषज्ञ नर्सलाई विशेषज्ञताको आधारमा पद सृजना गरी पदस्थापना गर्न पहल गर्ने ।
१२, नर्स कार्यस्थलमा हुने हिंसाबाट बचाउनको लागि विशेष कानुन निमार्ण गर्न सम्बन्धित निकायमा पहल गर्ने ।
१३, दातृ निकायहरुसँग सहकार्य गरी शिक्षा र सेवामा नर्सिङ् व्यबस्था गर्न नेपाल नर्सिङ परिषद्सँग पहल गर्ने ।
१४, मातृ मुत्युदर र शिशु मृत्युदर कम गर्न प्रसुतिको चाप बढि भएका अस्पतालहरुमा अस्पतालको हाता भित्र मिडवाइफद्वारा सञ्चालित बर्थिङ सेन्टर खोल्नका लागि पहल गर्ने ।
१५, निजि तथा सरकारी सेवामा कार्यरत नर्सिङ जनशक्तिलाई १२ औं तहसम्म पुर्याउनका लागि दवाव दिने ।
१६, नर्सिङबाट पनि प्रतिनिधित्व हुने गरी स्वास्थ्य सचिव हुनुपर्ने नियमका लागि पहल गर्ने ।
१७, पारदर्शी नर्सिङ संघ स्थापना गर्ने ।
१८, सशक्त युवा नेतृत्व विकास गरी विधान बमोजिम नेतृत्व हस्तान्तरण गर्ने ।
१९, नर्स प्राक्टिसनरको शुरुवात प्राप्त गरेका र अनुभवी नर्सहरुलाई बढुवा गर्न पहल गर्ने ।
२०, न्युनतम शैक्षिक योग्यता प्राप्त गरेका र अनुभवी नर्सहरुलाई बढुवा गर्न पहल गर्ने ।
२१, तहगत नर्सहरुको कार्य विवरण बनाउनको लागि सम्बन्धित निकायसँग पहल गर्ने ।
