नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागले पूर्णता पाएको छ । नेपाली काँग्रेस रुपन्देहीले यस अंगाडी नै बिभिन्न विभागहरु गठन गरेर त्यसको संयोजक तोकेको थियो । गठित विभागका संयोजकहरुले सदस्य मनोनयन गरि विभागलाई पूर्णता प्रदान गर्नेगरी स्वास्थ्य विभागमा जिल्ला कार्यसमिति सदस्य गोविन्दप्रसाद लम्साललाई संयोजकको जिम्मेवारी दिईएको थियो ।
नेपाली काँग्रेस रुपन्देहीका स्वास्थ्य विभागका संयोजक लम्सालले हालै सदस्यहरु मनोनयन गरि पूर्णता दिनुभएको हो । नेपाली काँग्रेस रुपन्देहीका जिल्ला कार्यसमिति सदस्य समेत रहनु भएका संयोजक लम्सालले स्वास्थ्य विभागको सदस्यहरुमा रबिसिंह राना, रामराज पोखरेल, कृष्ण कंडेल, नमनारायण वेलवासे, सीता पोखरेल, राजेन्द्र पासी, विष्णु भण्डारी, प्रेमलाल यादव, महेश राई (मधु), गुणनिधी खनाल र मदन पोखरेललाई मनोनयन गर्नुभएको छ ।
