चिकित्सक संघमा नेतृत्वको लागि मतदान सुरु

1.3K

चिकित्सक संघमा नेतृत्वको लागि मतदान सुरु

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समितिको आगामी नेतृत्व चयनकालागि शनिबारदेखि निर्वाचन सुरु भएको छ । शनिबार र आईतबार हुने निर्वाचनमा नेपाल चिकित्सक संघ लुम्बिनी शाखा कार्यालय बुटवलमा पनि मतदान शुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको निर्वाचन साँझ ४ बजेसम्म र भोली आईतबार पुनः सोही समयमा हुने नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका सचिव डा. ईन्द्र ढकालले जानकारी गराउनु भयो ।
लुम्बिनी शाखा अन्तरगत दुई दिनसम्म करिव ३५० जनाले मतदान गर्ने अनुमान गरिएको र शनिबार दिउँसो २ बजेको समयसम्म ११० जनाले मतदान गरेको यस क्षेत्रका निर्वाचन आयुक्त डा. कृष्णप्रसाद खरेलले जानकारी गराउनु भयो । बिहान ११ बजेदेखि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सुचारु भएको पनि उहाँले जानकारी गराउनु भयो ।
संघको दुईं वर्षे कार्यकालकालागि लोकतान्त्रिक समुह र प्रगतिशिल समुहले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् । जसमा लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा डा. लोचन कार्की, वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलबिक्रम कार्की, महासचिवमा डा. बद्रि रिजाल, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहसचिवमा डा. निरजकुमार सिंह र सहकोषाध्यक्षमा डा. विश्वराज दवाडी चुनावी मैदानमा हुनुहु्न्छ । त्यस्तै सदस्यहरुमा डा. बिक्रान्त ढकाल, डा. विपेश आचार्य, डा. नन्दाकुमारी गुरुङ्, डा. प्रमोद जोशी, डा. रितेस थापा र डा. सञ्जिव तिवारी हुनुहुन्छ ।
त्यसैगरी प्रगतिशिल समुहले अध्यक्षमा डा. पुष्पमणी खरेल, वरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा रञ्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा डा. सञ्जितकुमार शाह, सहसचिवमा डा. सैलेन्द्र झा र सहकोषाध्यक्षमा डा. उदयनारायण सिंहलाई अंगाडी सारेको छ । त्यस्तैगरी सदस्यहरुमा डा. दिपकप्रसाद कोईराला, डा. जगदिशचन्द्र बिष्ट, डा. लिसन महर्जन, डा. राकेशकुमार शाह, डा. सुमन काफ्ले र डा. त्रिभुवनचन्द्र झा रहनु भएको छ ।