नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको अध्यध्यक्षमा डा. ईन्द्र ढकाल निर्वाचित हुनु भएको छ । सोमबार सम्पन्न लुम्बिनी शाखाको अभिवेशनबाट अध्यक्षमा ढकाल निर्बिरोध निर्वाचित हुनु भएको हो । अधिवेशनबाट शाखाको वरिष्ठ उपाध्यक्षमा डा. डि. बि. खत्री, उपाध्यक्षमा डा. सन्दिप सुवेदी, महासचिवमा डा. सन्तोष पोखरेल, कोषाध्यक्षमा डा. सरीतादेवी श्रेष्ठ, सहसचिवमा डा. सागर क्षेत्री र सहकोषाध्यक्षमा डा. नेत्रबहादुर राना निर्वाचित हुनु भएको प्रमुख निर्वाचन आयुक्त डा. कृष्ण खरेलले जानकारी दिनुभयो ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. बिनोदकुमार पराजुली, डा. वर्षा थापा, डा. समिर आचार्य, डा. मोहन तिवारी, डा. राजकृष्ण श्रेष्ठ र डा. खलिल मिया निर्बिरोध रुपमा निर्वाचित हुनु भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. कृष्ण खरेल, मतदान अधिकृत डा. सम्राट पराजुली र मतदान सहयोगी दानबहादुर मलालको टोलीले निर्वाचन गराएको हो ।