विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका शुद्धोधन गाउपालिकामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।
सुद्धोधन गाउँपालिका वडा नं. ३ र ४ को पहलमा कोरोना भाइरस रोकथाम र नियन्त्रण समन्वय समिति गठन गरिएको हो । वडा नं. ४ का अध्यक्ष राजेन्द्र कंडेलको संयोजकत्वमा गठित १३ सदस्यीय समितिको सहसंयोजकमा वडा नं. ३ का अध्यक्ष हेमबहादुर खड्का र सदस्यहरुमा रविन्द्रबहादुर खड्का बिष्णु नेपाल, मुकेश कुवँर, रामेश्वरी सिंह, रुक्मागत खनाल, अर्जुन खत्री, रोमाकान्त अधिकारी, ओमबहादुर फौदार, पानकुमार फौदार, हुमाकान्त पाण्डे र अग्निप्रसाद पौडेल रहनु भएको छ ।
बैठकले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधि समाबेश गरि समिति गठन गरेको हो । गठित समितीले शुद्धोधन गाउपालिका वडा न ४ को फर्साटिकर चोक र बर्सपार्कमा धारा राख्ने, जनचेतनामुलक प्रचार सामाग्री प्रसारण, शुद्धोधन गाउपालिका वडा नं. ३, ४ का विभिन्न टोलमा होडिङ्ग बोर्ड राख्ने, सार्वजनिक यातायातका सम्बन्धमा सरसफाइ भएनभएको अनुगमन गरि नियमन गर्ने, अपरिचित ब्यक्तिलाई घरमा आउन रोक लगाउन पहल गर्ने र कसैमा कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएमा अस्पताल पु¥याउनकालागि समन्वय गरि क्वारेन्टाईन स्थलसम्म निःशुल्क एम्बुलेन्स सेवा मिलाउने लगायतका काम गर्ने समितिका संयोजक तथा वडा नं. ४ का अध्यक्ष कंडेलले जानकारी गराउनु भयो ।