शाइन रेसुंगा बैंकका शाखा पालो गरेर सञ्चालन

1.3K

शाइन रेसुंगा बैंकका शाखा पालो गरेर सञ्चालन

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले लकडाउनको अवधिमा पनि आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका विभिन्न जिल्ला र स्थानका शाखाहरु आवश्यकता अनुसार दिनको एकबजेसम्म सञ्चालन गर्दै आएको छ । जस अनुसार शुक्रबार (आज) रुपन्देही, अर्घाखांची, दाङ र नवलपरासी जिल्लाका ६ वटा शाखा खुला राखेको छ । आज शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल शाखा, रुपन्देहीकै कन्चन गाउपालिकाको रुद्रपुर शाखा,दाङको तुल्सीपुर शाखा,गुल्मीको बलेटक्सार शाखा,अर्घाखांचीको खनदह शाखा र नवलपरासी पश्चिमको सुनवल शाखा दिउसो १ बजेसम्म खुल्ला रहने बैंकका वरिष्ठ प्रवन्धक लालमणि पन्थीले जानकारी दिनुभयो । लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर हरेक दिन फरक फरक शाखा दिउसो १ बजेसम्म खुला राखेर सेवा प्रवाह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ । शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय रहेपनि कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर लकडाउन अवधिसम्म गरी सबै शाखाहरु सञ्चालन नगरी प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा आवश्यकता अनुसार पालैपालो विभिन्न जिल्ला र स्थानका शाखाहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।