आईतबार बुटवलको धागो कारखाना स्थित कोरोना अस्पतालमा मृत्यु भएका बाबुराम थापाको रिपोर्ट नेगेटिभ आएका छ । ज्वरो आउने र स्वास्वाप्रस्वासमा समस्या आएपछि गत १३ गते कोरोना अस्पताल आएका थापालाई कोरोना आशंकमा कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो ।
पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिका कुसुमखोला स्थायी घर भएका भएका थापा दुबईबाट यहि चैतको ६ गते काठमाण्डौ आएको र ७ गते रुपन्देही आएका थिए । रोजगारीको लागि गत वर्ष दुवई गएका थापाको परिवार रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ मा बस्थ्यो ।
दुबईबाट आएर परिवारको साथ सैनामैनामा रहेका उनलाई १३ गते ज्वरो आउने र स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल ल्याइएको थियो । १३ गते अस्पताल भर्ना भएका बाबुरामको अस्पताले १६ गतेमात्रै स्वाव परिक्षणकालागि काठमाण्डौ पठाएको थियो । उनको सोमबार स्वावको रिपोर्ट आएको हो । उक्त रिपोर्टमा कोरोना भाईरस नेगेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनु भयो ।