थप ६५ वर्षीया बृद्धामा कोरोनाको पुष्टि ,अहिलेसम्म १३ जना सन्क्रमित

1.3K

थप ६५ वर्षीया बृद्धामा कोरोनाको पुष्टि ,अहिलेसम्म १३ जना सन्क्रमित

बुटवल १ बैशाख /नेपालमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीकी ६५ वर्षीया महिलामा कोभिड– १९ पोजेटिभ पाइएको जानकारी स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले दिए

‘कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ, पुन: परीक्षण गर्दा पनि संक्रमण पाइएपछि उहाँलाई आइसोलेसनमा राखिएको छ,’ सचिव कोइरालाले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार दिउँसो गरिएको पुन: परीक्षणको नतिजा पनि पोजेटिभ आएपछि आइसोलेसनमा राखिएको हो

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । ‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर यहा पठाएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए ।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । र, रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।

संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् ।

तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।


कुल १३ संक्रमितमध्ये ५ जना धनगढी, ३ जना वीरगञ्ज, २ जना बाग्लुङ र २ जना काठमाडौंमा उपचाररत छन् ।

अर्का एक जना भने निको भएर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।