जनचेतना फैलाउदा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई कारबाहीको पत्र

1.3K

जनचेतना फैलाउदा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई  कारबाहीको पत्र

बुटवल ,६ चैत्र /कोरोना भाइरसका बारेमा जनचेतना फैलाउँदा सरकारले सरुवा रोग विशेषज्ञ डा. शेबहादुर पुनलाई कारबाही गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर पुनमाथि कारबाही गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजकसमेत रहेका पुनलाई हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा अनावश्यक रुपमा बोलेको आरोप लगाइएको छ ।

कोरोना भाइरसका विषयमा जनचेतना फैलाउँने काम गर्दा पुनलाई कारबाही गरेर मन्त्रालयमा जगेडामा पठाइएको अस्पतालका अर्का चिकित्सकले बताएका छन् ।

अस्पतालका प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले पत्र प्रशासनमा आइपुगेको भएपनि आफूले आइतबार मात्र त्यसबारेमा बोल्न सक्ने बताएका छन् । सञ्चारमाध्यममा सूचना दिएको र रोगका विषयमा जनचेतना फैलाउँने काम गरेको आरोपमा उनलाई मन्त्रालय तानिएको छ । नागरिकखबरबाट