बुटवल ८ वैशाख । गुल्मी चन्द्रकोट गाउपालिका वडा नम्बर ४ शान्तिपुर बजारमा आगलागि हुंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

शान्तिपुर बजारको बसपार्क नजिकै रहेको पुर्णबहादुर खनालको पसलमा आगलागि हुंदा खनालका १६ बर्षिय छोरा समिर खनालको मृत्यु भएको छ भने पसल संचालक खनाल र उनका पत्नी रुपा खनाल गम्भीर घाईते भएका छन् ।
दिउसो अन्दाजी १ बजे लागेको आगो स्थानीयबासी र प्रहरीले नियन्त्रण गरेका थिए । आगलागिबाट पसलमा भएका सबै मालसामान नष्ट भएका छन् । क्षेतीको बिवरण भने प्रहरीले अनुसन्धान पछि थाहा हुने बताईएको छ ।
खनाल स्टोर्स नामबाट संचालनमा रहेको पसलमा डिजल, पेट्रोल र ग्यांस समेत रहेकाले नियन्त्रण गर्न समय लागेको र क्षेती बढी भएको स्थानीय बताएका छन ।
घाईते दम्पत्तीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । घरमा आगोलागी भएपछी बुवा आमा घर बाहिर निस्कन सकेपनी छोरा घरबाट बाहिर निस्किन नसकेका कारण छोराको मृत्यु भएको हो।
आगोलागीबाट कति क्षति भयो भन्ने जानकारी आएको छैन । अहिले आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ ।