बुटवल १४ बैशाख /प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना भाइरसको र्यापिड टेस्टको रोक्न माग गरेको छ । आइतबार पार्टी मुख्यालय सानेपामा काँग्रेसका पदाधिकारी र पूर्व स्वास्थ्यमन्त्रीबीच भएको छलफलपछि काँग्रेसले र्यापिड टेस्ट माथि विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको भन्दै यसको निरन्तरता दिने कार्य रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पिसिआर कै क्षमता र दायरा बढाइनु जोड दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थकर्मीहरुलाई पर्याप्त पिपीई लगायतका सामग्री अझैपनि नपुगेको स्थिती छ । यतिको समय ब्यतित हुँदा पनि अझै सामग्री पर्याप्त नहुँदा स्वास्थकर्मीहरु जोखिमपुर्ण ढंगले कार्य गरिरहेका छन्। तत्काल गुणस्तरीय सामग्री पुर्याएर सरकारले कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ ।’

सभापति शेरबहादुर देउवाको निमन्त्रणामा पार्टी पदाधिकारी, पूर्वस्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरुबीच कोरोना भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्म भएका कार्य र गहिरो समीक्षा र अहिलेको अनिवार्य कार्यबारे बैठकमा बिशेष छलफल भएको थियो ।
छलफलका क्रममा आएका महत्त्वपूर्ण विचार र सुझाव उपर नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयनका लागि नेपाली काँग्रेस माग गरेको छ । लकडाउनले कोरोनासँग जुध्न वातावरण निर्माण गरेपनि लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको काँग्रेसको ठहर छ ।
छलफलका क्रममा आएका महत्त्वपूर्ण विचार र सुझाव उपर नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयनका लागि नेपाली काँग्रेस माग गरेको छ । कोरोना संक्रमितको संख्या बढ्नुसँगै जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउन जरुरी रहेको काँग्रेसको भनाइ छ ।
कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको काँग्रेसले जनाएको छ । डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको विवरण आएका भन्दै विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरुको उचित ब्यवस्थापनमा काँग्रेसले जोड दिएको छ ।
छलफलका क्रममा आएका महत्त्वपूर्ण विचार र सुझाव उपर नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयनका लागि काँग्रेस माग गरेको छ ।