विमन केयरद्वारा पत्रकारलाई मास्क तथा स्यानिटाईजर प्रदान

1.3K

विमन केयरद्वारा  पत्रकारलाई मास्क तथा स्यानिटाईजर प्रदान

बुटवल, वैशाख २२ ।विमन केयर एण्ड लिडरसिप डेभलपमेण्ट सोसाईटी रुपन्देहीले नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीको समन्वयमा जिल्लाका ६० जना पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान गरिएको सोसाईटी रुपन्देहीकी अध्यक्ष रीता केसीले बताउनुभयो ।

कोरोनाको तरासका बीचमा पनि नागरिकलाई सुचना प्रवाह गर्न र जनतालाई सुसुचित गर्ने काममा खटिने पत्रकारलाई सुरक्षामा केही भएपनि सहयोग पुराउने मनसायले मास्क र सेनिटाईजर प्रदान गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

सामाजिक उत्तरदाईत्व बहन गदै समाचार संलनका लागि फिल्डमा खटिने युनियनका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । प्रेस युनियनरुपन्देहीले यस अघि युनियनमा आवद्ध पत्रकारलाई मास्क, स्यानिटाईजर र पंन्जा प्रदान गरेको थियो ।

फिल्डमा खटिने युनियनमा आवद्ध पत्रकारलाई वितरण गरिएकोमा आगामी दिनमा पनि यस्तो कायलाई निरन्तर प्रदान गरिने सभापति रेखा भुसालले बताउनुभयो