एनएमबी बैंकद्वारा राहत बितरण

1.3K

एनएमबी बैंकद्वारा राहत बितरण

बुटवल । एनएमबी बैंक पुष्पलालपार्क बुटवलले मानवसेवा आश्रम बुटवललाई राहत प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को बिश्व महामारीका कारण लकडाउन थपिदै जादा खाद्यान्न जोहो गर्न धौधौ भएकोले आश्रमका करिब १४० जना सयोगापेक्षित ब्यक्तिको दैनिक छाक टार्न राहत बितरण गरिएको हो ।
एनएमबि बैंक बुटवल पुष्पलालपार्कका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले मानवसेवा आश्रम प्रदेश न.५ का संयोजक रुपा केसीलाई खाद्यसामाग्री सहितको राहत प्रदान गर्नुभएकोथियो ।
कोरोना महामारीको अवस्थामा कोहिपनि भोकै बस्न नपरोस भन्ने उदेश्यले राहतस्वरुप १७ कट्टा चामल, २० लिटर खानेतेल र २८ केजी रहररमसुरोको दाल हस्तान्तरण गरिएको शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताउनुभयो ।
बैंकले सामाजीक उत्तरदायित्व र मानविय कार्य अन्तर्गत करिब ३५ हजार रकम बराबरको राहात उपलब्ध गराएको हो ।
आश्रमको प्रदेश न .५ संयोजक रुपा केसिले जटिल परिस्थितिमा एनएमबी बैंकले गरेको सहयोग प्रति विशेष आभार व्यक्त गर्नुभएकोथियो ।
कार्यक्रममा मानवसेवा आश्रमको रुपन्देही संयोजक सरु अधिकारी लगायत आश्रमका कर्मचारी एवम् एनएमबी बैंकका कर्मचारी धनबहादुर ठाडाको उपस्तिथि रहेकोथियो ।
एनएमबी बैंकले यसअघि करिब १ करोड एकाउन्न लाख नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ भने ७ ओटै प्रदेश सरकारलाइ सयरसय थान पिपिइ प्रदान गरेको छ । मुलुकभर रहेका विभिन्न शाखाहरुबाट समेत निरन्तर रूपमा खाद्यान्न लगायतका सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउदै आएको छ ।