नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

1.3K

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

बुटवल २७ , बैशाख /नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

कपिलवस्तुमा ३ ,उदयपुरको भुल्केमा ३,र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा यस अघि २ जना संक्रमित भेटिएकोमा थप ३ जना थपिएसंगै कपिलवस्तुमा संक्रमितको संख्या ५ पुगेको छ

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।