बुटवल । बुटवल उपमहानगरपालिकाले लकडाउनको समयमा दुरी कायमगरी निश्चित प्रकृतिका पसल संचालनको समय तालिका सार्वजनिक गरेको छ ।
उपमहानगरले आईतबार एक सूचना जारी गरी पसलहरुलाई ४ समुहमा बर्गीकरण गरी उक्त जानकारी गराएको हो । लकडाउनको समयमा भिडभाड कम हुने अपेक्षासहित उपमहानगरले पसल खोल्ने समयतालिका फरक गरेको जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका अनुसार चामल, दाल, नुनतेल, तरकारी तथा फलफूल पसल खोल्ने समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोएिको छ ।
बीउविजन, पशुपंक्षीको दाना, एग्रोभेट, भेटेनरी औषधि पसल र नर्सरीका लागि पनि बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोएिको छ ।
दुध, दुग्धजन्य पदार्थ तथा डेरी पसलका लागि विहान ६ देखि ८ बजे र बेलुका ५ देखि ७ बजेको समय छुट्याइएको छ ।
सबै प्रकारका औषधी पसलहरु भने जुनसुकै सममा खोल्न सकिने उपमहानगरले जनाएको छ । लकडाउनको समयमा विद्यालय, गैरखाद्य सामग्री पसल, होटल, रेष्टुरेण्ट, शैलून, व्यूटिपार्लर, सिनेमा हल, जिमखाना खोल्न पाईने छैन् ।
