बुटवल । कपिलवस्तुमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । आजै दिउसो नेपालगञ्जका एक युवाको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनु भयो ।
