कपिलवस्तुमा थप ६ वर्षीया बालिकामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २४५ पुग्यो

1.3K

कपिलवस्तुमा थप ६ वर्षीया बालिकामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २४५ पुग्यो


काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार साँझ कपिलवस्तुमा थपिएका नयाँ ८ संक्रमित मध्ये ४ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ । कृष्णनगरमा लिंक गेट र बजारको डियुटीमा खटिएका ४ जनामा कोरोना भएको प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताए । नेपाल प्रहरीका दुई जना, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एक÷एक जनामा कोरोना देखिएको हो ।

प्रहरी स्रोतका अनुसार राष्ट्रिय अनुसन्धानका असई, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सई तथा नेपाल प्रहरीका एक हवल्दार गरी ४ जनालाई कोरोना देखिएको हो ।