कोरोना (कोभिड -१९) बाट नेपालमा पहिलो मृत्यु

1.3K

कोरोना (कोभिड -१९) बाट नेपालमा पहिलो मृत्यु


बुटवल । नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ । कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरेर नेपालका कोरोना भाइरसबाट पहिलो मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उनको स्वाब परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको उल्लेख छ । उनीे २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्राकृतिक रुपमा प्रसूति भएको र २५ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । डिस्चार्जपछि सुत्केरी महिलालाई घर लगेपछि ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको खुल्न आएको थियो ।