नेपालमा कोरोना अपडेटः थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुगे

1.3K

नेपालमा कोरोना अपडेटः थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुगे


बुटवल । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज बिहान थप ९ जनामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएकाहरूमा रौतहटको इशनाथ नगरपालि(२, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष रहेका छन् ।त्यस्तै, रौतहटकै माधवनारायाण नगरपालिका(३ का २८ वर्षीया महिला र बारा करैयामाई गाउँपालिका(५ निवासी ३८ वर्षीय पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ४ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किँदा २ जनाको भने ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवक रहेका छन् ।