क्रिमसन अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्युको समाचार गलत (विज्ञप्ति सहित)

1.3K

क्रिमसन अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्युको समाचार गलत (विज्ञप्ति सहित)


बुटवल । कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ । अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिको आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ । विभिन्न अनलाइनहरूले उपचाररत ती सङ्क्रमितको मृत्यु भएकोे भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सृजना भएको भन्दै गलत समाचारको पछि नलाग्न विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
बैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए । सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए । उनमा जण्डिस र मृगौलामा पनि समस्या देखिएको थियो । भर्ना भएदेखि नै उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइजफङसन सिन्ड्रोम) अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।