५ नम्बर प्रदेशका सांसदको आरडीटी ‘पोजेटिभ’ आएपछि , स्वकीय सचिव र सुरक्षा गार्ड क्वारेन्टाइनमा

1.3K

५ नम्बर प्रदेशका सांसदको आरडीटी ‘पोजेटिभ’ आएपछि , स्वकीय सचिव र सुरक्षा गार्ड क्वारेन्टाइनमा


बुटवल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न संसद बैठक चलाउनुअघि ५ नम्बर प्रदेशका सांसदको आरडीटी परीक्षण गर्दा २ जना सांसदको रिपोर्ट पोजेटिभ देखिएको छ । शुक्रबारदेखि सुरू हुने बजेट अघिवेशनअघि गरिएको परीक्षणमा २ सांसदसहित ११ जना व्यक्तिको पोजेटिभ रिपोर्ट देखिएको छ ।

प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले २ सांसद, १ सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्डमा पोजेटिभ रिपोर्ट देखिएको बताउनु भयो । प्रदेशसभाले पीसीआर टेस्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको थियो । ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ । पोजेटिभ नजिता आएका सांसद, स्वकीय सचिव र सुरक्षा गार्डलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ। सामाजिक विकास मन्त्रालय ले मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) प्रदेश नम्बर ५ लाई सहयोग को लागी १२ जना दक्ष जनशक्ति माग गरे अनुसार हामिहरु १२ जनाको टोली गएर मुख्यमन्त्री,मन्त्रीहरु,प्रदेश सभाका सदस्यहरु, मर्यादापालक सहित करिब ४००जना को कोभिड –१९ को आर.डि.टि परिक्षण गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी गराउनु भयो ।