बाँकेको नरैनापुरमा निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरियो

1.3K

बाँकेको नरैनापुरमा निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरियो

बुटवल । नोबल कोरोना भाइरस (कोभिड–१९) बाट अति प्रभावित क्षेत्र बाँकेको नरैनापुरमा कोरोना भाइरसका संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गर्दै एक प्लाटुन सेना परिचालन गर्ने भएको छ ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आज (आईतबार) राति ८ बजेबाट नरैनापुर गाउँपालिका क्षेत्रमा निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए ।
नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर, पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्दै उनीहरुलाई क्वारेन्टाइनबाट भगाउन थालेपछि अवस्था जटिल बन्न सक्ने भएकोले जिल्ला सुरक्षा समितिले सेना परिचालनसहित निषेधित क्षेत्र घोषणा गरेको हो ।