बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०८ पुग्यो

1.3K

बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०८ पुग्यो

बुटवल । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज दिउँसो १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार १९ जना संंक्रमित थपिएका हुन् ।
आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको थियो । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।