बुटवल । रुपन्देहीको बुटवलमा संचालित चौराहा हस्पिटल प्रा.ली बुटवलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मि तथा कर्मचारीहरुको कोभिड १९ बीमा गरेको छ । विश्वव्यापी रूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चिकित्सक, नर्स तथा कर्मचारीको एक लाख रुपैयाँ बराबरको बीमा गरिएको चौराहा हस्पिटल प्रा.ली.का निर्देशक बिरु भण्डारीले बताउनु भयो ।
अस्पतालले कार्यरत १२२ जना चिकित्सक, स्टाफ नर्स लगायत अन्य कर्मचारीहरुको जनही एक लाख बीमाङ्क रकम पाउने गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवलबाट बीमा गरेको अस्पतालको मानव संशाधन बिभाग प्रमुख रवि गौतमले जानकारी दिनु भयो । गत बैशाख ७ गते देखी नेपालमा संचालीत बीमा कम्पनीहरुले १ लाख र पचास हजार बराबरको व्यक्तिगत, पारिवारीक तथा सस्थागत कोरोना बीमा गर्दै आएका छन् ।
कोरोना बीमा अन्तरगत बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि ( पि.सि.आर रिपोर्ट पोजेटिभ ) भएमा बीमीतलाई तत्कालै भुक्तानीको प्रावधान रहेको छ ।