नेविसंघ र तरुण दल कपिलवस्तुद्वारा राजेश आस्था फाउन्डेसनलाई सहयोग

1.3K

नेविसंघ र तरुण दल कपिलवस्तुद्वारा राजेश आस्था फाउन्डेसनलाई सहयोग

कपिलवस्तु। नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल कपिलवस्तुद्वारा लागुपदार्थ दुर्व्यसनमा फसेका युवाहरुले बाणगङ्गा-१ बैरियामा रहेको राजेश आस्था फाउन्डेसन लाई सहयोग गरेको छ ।
लकडाउनका कारण सबै तिर समस्या देखिराखेको अवस्थामा यस फाउन्डेसनमा समेत खाद्यान्नको अभाव देखिएपछि त्यहा उपचाररत रहेका बिरामिहरुलाई खान कठिनाई हुदै गएपछि तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न दाल,चामल, नुन,तेल,चाउचाउ,बिस्कुट लगायतका सामग्री एक कार्यक्रमका बिच तरुण दल कपिलवस्तु र नेविसंघले संस्थाका प्रमुख र संचालक नवीन राना र किरन सिंह ठकुरिलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले युवा कुनै कारणले दुर्ब्यसनमा फस्नु अपराध नभएको र सुध्रिन्छु भनेर उपचारमा बसेपछि उनिहरुलाई समाजले हेर्ने दृष्टिकोण राम्रो बनाउनुपर्ने र उनिहरुलाई येस्तो बेलामा समस्या देखिएपछि उनिहरुपनी समाजमा केही योगदान दिन सक्छन त्यसैले हामिले उनिहरुको मनोबल बढाउनु पर्छ भनेर सहयोग गरेको बताउनुभयो
नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले लकडाउनले गर्दा समस्या देखिएको थापा पाएपछि हामिहरुले सहयोग जुटाई उनिहरुलाई केही दिन भएपनी राहत मिल्नेछ भनि सहयोग गरेको बताउनुभयो । सहयोगले उनिहरुलाई तत्काल देखिएको समस्या टर्ने बताउदै यी युवाहरुको मनोबल उच्च राख्न सबै लाग्नुपर्ने बताउनुभयो ।
तरुण दलका तिलक थापाले यस संस्थामा लागुपदार्थको दुर्ब्यसनमा परेकालाई उपचार गरिन्छ भने उनिहरुलाई मनोवैज्ञानिक तवरले समाजमा पुनःस्थापित हुनका लागि परामर्श समेत दिइन्छ । समाजमा रहेका युवाहरू जो कुलतमा छन ती ब्यक्तिहरुलाई उपचार गर्ने ठाउमा समेत कुनै वडा नगरपालिका संघसंस्था कसैको ध्यान पुग्न नसकेको यो अवस्थामा त्यहा रहेकालाई लकडाउनले गर्दा खाद्यान्न समस्या परेको थियो ।
संचालक नवीन रानाले आम्दानीको स्रोतका रुपमा ती ब्यक्तिहरुबाट लिने सामान्य शुल्क र अन्य संघ संस्थाबाट आउने सहयोग बाट चलेको यस संस्थाले केही तेस्ता ब्यक्तिहरुलाइ निशुल्क समेत राखेको र अहिले लकडाउनले गर्दा सहयोग नआएको बताउनु भयो ।
कार्यक्रममा सहयोग पाईसकेपछी संस्थाका प्रमुख किरन सिंह ठकुरिले यस्तोसमयमा पनिसहयोग गर्नुभएकोमा हाम्रो मनोबल उच्च भएको छ भन्दै नेविसंघ र तरुणदल लाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।