कपिलवस्तुमा एकै पटक थपिए २६ संक्रमित, मुलुकभर संक्रमितको संख्या ७७२ पुग्यो

1.3K

कपिलवस्तुमा एकै पटक थपिए २६ संक्रमित, मुलुकभर संक्रमितको संख्या ७७२ पुग्यो


बुटवल । आज कपिलवस्तुमा एकै पटक २६ जनासंगै नेपालमा ९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म नेपालमा संक्रमितको कुल संख्या ७७२ पुगेको छ भने १५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ४ जनाको मृत्यु भईसकेको छ । पछिल्लो समय नेपालमा दैनिक कोरोनाको संक्रमण वृद्धि बढेको छ ।

आज थप ४३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ सय ५५ पुगेको छ । स्वाथ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ९० जनामा संक्रमण पुष्टि भएको जानकारी दिँदै थपे, “डिस्चार्ज भएकाहरुमध्ये १२४ जना पुरुष र ३१ जना महिला रहेका छन् ।”