बिकास गौतम , बुटवल । बर्दघाट उद्योग बाणिज्य संघ, बर्दघाट र शिखर इन्स्योरेन्स कम्पनि लिमिटेड बिच कोभिड –१९ बीमा सम्झौता भएको छ । संघले शिखर इन्स्योरेन्सको बुटवल स्थित शाखा कार्यालय मार्फत कोभिड– १९ बीमालेख सम्झौता गरेको हो ।
नवलपरासी सुस्ता पश्चिम स्थित बर्दघाटमा रहेको उद्योग बाणिज्य संघ बर्दघाटले संघका सदस्य तथा कर्मचारीहरुको कोभिड– १९ बीमालेख अन्र्तगत जनही एक एक लाख रुपैयाका दरले बीमा गरेको उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने शर्माले जानकारी दिनुभयो । उहाँले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड –१९ का बिरुद्ध संघका पदाधीकारी, कार्यसमिती सदस्य एवं कर्मचारीहरुको बीमा गरिएको बताउनु भयो ।
नेपालमा संचालीत निर्जिवन बीमा कम्पनीहरुले जारी गरेको कोरोना भाइरस कोभिड –१९ बीमा समय सापेक्ष भएकोले आफुहरुले सस्थाका पदाधीकारी तथा कर्मचारीहरुको बीमा गरिएकोे महासचिव दिनेश न्यौपानेले बताउनु भयो । पछिल्लो समय बढ्दो कोरोना भाइरसको महामारीको क्रममा व्यवसायीक हक हित एवं अनुगमनको क्रममा विभिन्न स्थानमा पुग्ने क्रममा जोखिम बढ्न सक्ने हुँदा बीमा गरिएको उहाँको भनाई छ ।
गत बैशाख ७ गते देखी नेपालमा संचालीत निर्जिवन बीमा कम्पनीहरुले लघु बीमा योजना अन्र्तगत पुल मार्फत एक लाख र पचास हजार बराबरको व्यक्तिगत, पारिवारीक तथा सस्थागत कोरोना बीमा गर्दै आएका छन् । कोरोना बीमा अन्तरगत बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि ( पि.सि.आर रिपोर्ट पोजेटिभ ) भएमा बीमीतलाई तत्कालै भुक्तानीको प्रावधान रहेको छ