वृद्धवृद्धाले धानेको गाउँको परम्परागत कृर्षि व्यवसाय

1.3K

वृद्धवृद्धाले धानेको गाउँको  परम्परागत कृर्षि व्यवसाय

दयाराम डुम्रे ,वायटारी । स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर १३ उदियाचौरका किसान खेमप्रसाद पाठकको घरमा अहिले ५० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार दुई सय छ । मह बेचेर उहाँले वार्षिक रु तिन लाख देखि ५ लाख सम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह पाठकले बजार पु¥याउँछन् ।

मौरीपालन मेरो पुरानै पेशा हो भन्दै पाठकले‘ २०३६ सालदेखि मैरिपालन व्यावसाय गर्दै आएको छु ,परम्परागत मुढे घार छाडेरे आधुनिक घारमा मौरीपालन गर्ने सकिएको छैन भन्दै गुनासो गर्नुभयो ।
आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुन्छ रे किसानको आकर्षण राम्रो भएपनि सम्बन्धीत निकायले आधुनिक घार उपलब्ध गराएर अनुदान, तालीम पाएमा मौरीपालन थप विस्तार गर्न सकिने उनि बताउँछन् । उदियाचौर मौरीपालनका लागि उत्तम भूगोल र हावापानी भएको गाउँ हो । वर्षको दुई याममा मह तयार हुने किसान पाठकको भनाइ छ । उहाँका अनुसार असोज–मङ्सिर र चैत–जेठमा मह काढ्ने बेला हुन्छ ।

मौरीका लागि चैतदेखि जेठ असार सम्मको सिजन उत्तम हुने भन्दै उत्पादन गर्न सके महलाई बजारको खाँचो छैन । वालिङ, गल्याङ लगायत बजार क्षेत्रबाट बढी माग आउँछ । विदेशमा समेत कोसेलीका रूपमा यहाँको मह पुग्ने गरेको छ । “कुनै मिसावट नभएको शुद्ध र स्वादिष्ट मह बेच्छौँ”, पाठकले भन्नुभयो ।

युवापुस्ता शहरी क्षेत्र र विदेश लागेपछि पाका किसानले गाउँको कृषि धानेका छन् । अधिकांश घरमा श्रीमान श्रीमतीमात्र छन् । शरीर र स्वास्थ्यले साथ दिउञ्जेल कृषिमै रमाउने उहाँको भनाई छ । मौरीपालन व्यावसाय मा सहयोगका लागि विभिन्न निकाय धाएपनि कहि कतैबाट कसैले सहयोग नगरेको उहाँले गुनासो गर्नुभएको छ ।

मौरी संग नै खेल्न रूची राख्ने पाठकले सरकारी सहयोग पाएमा यो व्यावसाय बढाउने सोचमा रहेको बताउनुभयो । मौरीका घार संगै कृषि कार्य गर्दै आउनुभएका पाठकले लकडाउनले घार निर्माणमा कुनै प्रभाव नपारेको बताउनुभयो, उहाँले आम युवाहरूलाई पनि हातमा केही न केही सीप भए जुनसुकै अवस्थामा पनि हातमुख जोड्न समस्या नहुने भन्दै विदेशीयका युवाहरु गाउ घर फर्केर खोरिया बारीलाई कोरिया बनाउनु पर्नेमा जोड दिनु भयो ।