कपिलवस्तुमा थप ५ जनामा कोरोना पुष्टि, जिल्लामा कोरोना संक्रमितको संख्या २७० पुग्यो

1.3K

कपिलवस्तुमा थप ५ जनामा कोरोना पुष्टि, जिल्लामा कोरोना संक्रमितको  संख्या २७० पुग्यो

बुटवल । कपिलवस्तुमा आज थप ५ जनामा कोरोना कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपराह्न नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार जिल्लामा दुई स्थानीय तहमा गरेर ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा महाराजगञ्ज नगरपालिकामा चार र शिवराज नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

महाराजगञ्जमा संक्रमित हुनेहरुमा वडा नं. ४ का तीन जना रहेका छन भने वडा नं. ११ का १ जना रहेका छन । उनीहरुको उमेर ४०, ३७, ४१ र २५ बर्षको रहेको छ । यसै गरी शिवराज नगरपालिका वडा न ५ का ३२ बर्षिय पुरुष रहेका छन । जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ सय ७० पुगेका छन । प्रदेश ५ का ९ जिल्लामा देखिएको कोरोना संक्रमितको संख्या प्रदेशभर ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।


यस्तै जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार कपिलवस्तु जिल्लामा थप ३ जना कोरोना संक्रमण मुक्त भएका छन् बुद्धभुमी नगरपालिकाका १ जना र यशोधरा गाउँपालिकाका २ जना रहेका छन् । उनिहरु कोरोना विषेश अस्पताल बुटवल (धागो कारखाना)उपचाररत रहेका थिए । यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १८ पुगेको छ ।