कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर १० पटना विरपुरमा रहेका आगलागि पिडित अर्जुन प्रसाद चौधरीलाई नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तुले सहयोग गरेको छ ।
आगलागी पीडितलाई उनकै घरमा पुगि तत्काल आवश्यक पर्ने खाद्यान्न दाल, चामल, तेल, नुन त्यसैगरी डसना, झुल ,सिरानी लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

घरमा रहेको खाना पकाउने ग्यास चुलोमा सर्टभएर आगलागी फैलिएको थियो । उक्त घरबाट सुरु भएको आगलागी उनको घरगोठ जलि नस्ट भएको र तत्काल स्थानियले आगो नियन्त्रणमा लिन प्रयास गर्दा गर्दै घरगोठ पुर्णरुपमा जलेर नस्ट भएको छ । आगलागी बाट घरमा रहेको सम्पुर्ण खाद्यान्न लत्ताकपडा गरगहना महत्वपूर्ण कागजात जलेर पुर्ण रुपमा नस्ट भएको छ । ८ जनाको रहेका चौधरी परिवार खुला आकास मुनि बस्न बाध्य भएका थिए । आगलागीको घटना थाहा पाउनासाथ नेविसंघ र तरुण दल कपिलवस्तुको टिम उक्त घटनास्थल पुगि त्यहाको बस्तुस्थिती बुझी अग्निपिडितलाई खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरिएको नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।
उहाँका अनुसार ‘ चौधरी परिवार खुला आकासमुनी बसेको खबर पाउनसाथ हामिले मानवीय नाताले तत्कालका लागि आवस्यक पर्ने खाद्यान्न जुटाई सहयोग गरेका छौ,हामिहरु सधै सामाजिक कार्यका लागि लागिपरेको बताउदै येस्तो बिपत्तिको बेला सबैले मिलेर सहयोग गर्नुपर्ने र हामिले पनि आफुले सक्ने सहयोग अग्निपिडितलाई गरिएको छ ।’ ती पीडितको घाउमा थोरै भएपनि मलम लगाउन सकिन्छ कि भनेर सहयोग गरिएको पोख्रेलले बताउनु भयो ।
सामाग्री हस्तान्तरण गर्दै तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरिले यस्तो बिपत्तिमा को के भनेर हेर्ने भन्दा पनि परिवारलाई आवस्यक परेको सामाग्री जुटाई उनिहरुको घाउमा मलम लगाउन आफुहरु पुगेको र ती पीडितको पिडामा आफुहरु काध थापेर उहाहरुलाई आवश्यक पर्ने केही खाद्यान्न सहयोग गरिएको बताउनु भयो ।
यसअघि पनि नेवि संघ र तरुण दल कपिलवस्तुले आगो लागि पीडितहरुलाई पनि राहत वितरण गरिरहेका छन् । गर्मीसंगै औँलो, कालाजार र डेँगी रोगको संक्रमण फैलन सक्ने भन्दै झुल वितरण पनि गरिरहेका छन् । युवा नेता ठकुरी र पोख्रेलले यो विपत्तिमा कसैले राजनीति गर्न नहुने भन्दै सबै मिलेर जुधेमा मात्र कोरोनाको लडाइमा जित हासिल गर्न सकिने बताउनु भयो । पोख्रेलले जनताको सेवा गर्न आफूहरु कहिल्यै नथाक्ने बताउनु भयो ।
सामाग्री हस्तान्तरण कार्यक्रमा वडा नम्बर १० का वडा अध्यक्ष रामबिहारी चौधरी, वडा सदस्य रामनछ्यत्र चौधरी, नेपाली कांग्रेसका नेता कृष्ण कार्की र रमेश चाई तरुण दल छेत्रीय सदस्य दिपक घिमिरे, नेविसंघका नेता खिमानन्द घिमिरे लगायतको सहभागिता रहेको थियो । यस अघि नेवि संघ र तरुण दल कपिलवस्तुले लकडाउन घोषणा भईसकेपछि श्रमिक, मजदुर, गरिव तथा अति विपन्न परिवारलाई घर घर खोज्दै गएर राहत वितरण गरिरहेको छ ।