लकडाउनमै कर तिर्न करदातालाई सरकारको उर्दीप्रति बुटवल उद्योग वाणिज्य संघको आपत्ति, समयसिमा तत्काल फिर्ता लिन आग्रह

1.3K

लकडाउनमै कर तिर्न करदातालाई सरकारको उर्दीप्रति बुटवल उद्योग वाणिज्य संघको आपत्ति, समयसिमा तत्काल फिर्ता लिन आग्रह

बुटवल । सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको प्रति बुटवल उद्योग वाणिज्य संघले बिज्ञप्ती जारी गर्दै सरकारका ध्यानाकर्षण गराएको हो । विश्वव्यापी कोरोना (कोभिड–१९) को महामारी फैलिए सगै नेपाल सरकारले गएको चैत देखि निरन्तर बन्दाबन्दी चलिरहेको छ । यस अवधीमा सरकारका अत्यावश्यक सेवा बाहेक सवै क्षेत्र पुर्णरुपमा ठप्प रहेको अवस्थामा नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरीक राजश्व विभागले कर विवरण तथा कर बुझाउन प्रकाशित गरेको सुचना प्रति ध्यानाकर्षण गरेको हो ।

संघका अध्यक्ष खिम बहादुर हमालद्वारा जारी गरेको ध्यानाकर्षण पत्रमा एकातिर बन्दाबन्दीको अवधीमा उत्पादन तथा व्यवसायीक कारोवार ठप्प छ भने अर्को तर्फ सर्वोच्च अदालतले बन्दाबन्दीको सून्य समय मानी काम गरेको अवस्थामा बन्दाबन्दीकै समयमा कर विवरण र कर बुझाउन असम्भव रहेको बताइएको छ । साथै आ.व. ७७ ÷७८ को वार्षिक बजेटमा समेत व्वसायीहरुले खास राहत पाउन नसकेको अवस्थामा नेपाल सरकारको यस प्रकारको निर्णयले उद्योगी व्यवसायी प्रति सरकार अनुदार मात्र होईन क्रुर देखिएको हामिले महसुस गरेको बताइएको छ । करीव ३ महिनाको बन्दाबन्दीले रित्तिएको व्यवसायीलाई सामान्यीकरण भएको मिति तोकिएको दिन भित्र बुझाउन पूर्वतयारी रहन भनेको भए सरकार सवैको अभिभावक भन्ने अनुभुति हुने कुरा जनाएको छ ।

मानिस हिंडडुलसम्म गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको अवस्थामा गर्न नसकिने हुदा तत्काल फिर्ता लिन र अन्यथा सरकार अर्थमन्त्रालय ,आन्तरीक राजश्व विभागको विरुद्धमा जनमत निर्माण गरी अवज्ञाको वातावरण निर्माण गर्न बाध्य नपार्न भनिएको छ । सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएको छ । लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो ।

१४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । तर, पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन । बरु आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जरिवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालको थियो ।