कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु,संक्रमणका कारण मृत्यु हुनेको संख्या ११पुग्यो

1.3K

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु,संक्रमणका कारण मृत्यु हुनेको संख्या ११पुग्यो


बुटवल । कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी टेस्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो ।

सुर्खेतमा पीसीआर विधिबाट गरिएको परीक्षणले उनमा कोरोना संक्रमण देखाएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको मन्त्रालयले जनाएको छ ।