लकडाउनको मोडालिटी परिवर्तन :आजदेखि के के खुल्न पाउने ? (सूचीसहित)

1.3K

लकडाउनको मोडालिटी परिवर्तन :आजदेखि के के खुल्न पाउने ? (सूचीसहित)


बुटवल । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरू खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर बिजोरका आधारमा चलाउन दिने भएको छ । बुधबार भएको मन्त्रिपरिषद् बैठकले सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार ३ चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जसअनुसार पहिलो चरण आजबाट २१ दिन लागू हुनेछ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ । त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुने बुझिएको छ । यससम्बन्धी पूर्ण निर्णय भने औपचारिक जानकारी बिहीबार पत्रकार सम्मेलनमार्फत् दिइने बताइएको छ ।

पहिलो चरणमा आजबाट खुल्ने सेवा र कार्यः

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रविधी तसमेत)
१२) निर्माण कार्य (निजीसमेत)