सरकारविरुद्ध बुटवलका युवा सडकमा : ‘मृत्युअघि नै चाहियो पिसिआर, स्वास्थ्य सामग्रीमा किन भ्रष्टाचार ?’

1.3K

सरकारविरुद्ध बुटवलका युवा सडकमा : ‘मृत्युअघि नै चाहियो पिसिआर, स्वास्थ्य सामग्रीमा किन भ्रष्टाचार ?’


खेमानन्द पाठक / बुटवल । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा स्वतस्फुर्त रुपमा युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । पुष्पलाल पार्कबाट शुरु गरिएको ¥याली टा«फिक चोक हुदै बजार क्षेत्र परिक्रमा गरेर प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने क्रममा प्रहरीले लक्ष्मीनगर गेटमा रोकेर र्फकाएको छ । लगातार ८१ दिन लकडाउन गर्दा पनि कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् । कुनै राजनीतिक दलको ब्यानरविना युवाहरुले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोखेका छन् ।

कोरोना भाइरस(कोभिड–१९) को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड विपरित भएको र शंकास्पद बिरामीलाई पिसिआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्चको हिसाब सार्वजनिक गर्नुुपर्ने लगाएतका माग राखेर प्रर्दशन गरिेका छन् । कोरोना परीक्षणको आरडिटि विधि विश्वसनीय नभएकाले शतप्रतिशत पिसिआर विधिबाट कोरोनाको परीक्षण गर्न, जातीय विभेद अन्त्य गर्न, गुणस्तरीय क्वारेन्टाइनको ब्यवस्था गर्न र विदेशमा अलपत्र रहेका नेपालीको उद्धार गर्न सरकारलाई दबाब दिनका लागि प्रर्दशन गर्न लागिएको बताइएको छ ।

तस्विरः गोविन्द बस्नेत

कोरोना परीक्षणलाई नियन्त्रित गरेर संक्रमणलाई अनियन्त्रित बनाएको भन्दै प्रदर्शनकारीले सरकारको विरोध गरेका छन् । क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको र उनीहरूको पिसिआर परीक्षण नगरिएकोमा नागरिकको विरोध छ । तर, स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै नागरिकले सरकारसँग खर्चको हिसाब पनि मागेका छन् ।

प्रदर्शनकारीहरुले ‘खै, खै, खै के उपलब्धि भयो ?, सरकारको पाराले दुःख पायो साराले, एकादेशको १० अर्बको कथा कठै मेरो देशको व्यथा, खर्च हैन उपलब्धि देखाउ, एक दुई तीन चार बन्द गर भ्रष्टाचार’, केपि तेरो पाराले दुःख पाए साराले,अर्बाैको भ्रष्ट्रचार कोरोनाको उपचार अदुवा,लसुन र बेसार,सरकार १० अर्व खै ? नागरिकलाई हिसाव चाहिन्छ , पि.सि.आर. परिक्षण गर्न पाउनु हाम्रो स्वास्थ्य सम्बन्धी अधिकार हो, लिपूलेक, कालापानि, लिम्पियाधुरा हाम्रो हो ,एम.सि.सि. खारेज गर, विदेशमा बसेका नेपालीलाई तदारुकताका साथ उद्धार गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

तस्विरः गोविन्द बस्नेत

स्वास्थ्य सामाग्री खरिद गर्न माघमा प्रक्रिया सुरु गरे पनि सरकारले दुई महिनासम्म निर्णय नगरी सो प्रक्रिया रद्द गरेर अचानक नयाँ प्रक्रियाबाट ११ चैतमा स्वास्थ्य सामग्री खरिदको ठेक्का दिएको थियो । तर, अपारदर्शी रूपले ठेक्का दिएर भ्रष्टाचार भएको प्रश्न उठेपछि सरकारले तत्कालै ओम्नीसँगको ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि अर्को पारदर्शी कदम अघि बढाउनुको सट्टा सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।

महामारीको वेला दुई महिना लगाएर सेनाले ल्याएको स्वास्थ्य सामग्रीको मूल्यमा पनि प्रश्न उठेको छ । सामान्य अवस्थामा नेपाली बजारमा १० रुपैयाँमा पाइने सर्जिकल मास्क सरकारले ओम्नीसँग ३५ रुपैयाँमा किनेको थियो । यस्तो खरिद भ्रष्टाचार हो भनेर नागरिकले आवाज उठाएपछि सस्तोमा ल्याउने जिम्मा लिएको सेनाले एउटा सर्जिकल मास्कमा ५२ रुपैयाँ ५२ पैसा खर्च भएको विवरण प्रस्तुत गरेको छ ।

तस्विरः गोविन्द बस्नेत

जब कि ओम्नीको ठेक्का रद्द भएपछि र सेनाले सामग्री ल्याउनुअघि स्वास्थ्य सेवा विभागले सर्जिकल मास्क १५ रुपैयाँमा किनेको थियो । यसरी एउटा मास्कमा ३७ रुपैयाँ ५२ पैसाका दरले महँगो पारेर ७० लाख मास्क खरिद गरिएको छ । यसरी एकातिर खर्च अपारदर्शी भएको र अर्कोतिर पर्याप्त मात्रमा पिसिआर परीक्षण नगरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको भन्दै युवाहरु सडकमा उत्रिएका हुन् ।