बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा.चन्द्र भण्डारीका बुबा ईश्वरीप्रसाद भण्डारीको सातौँदिनको पुण्य तिथीमा नेपाली कांग्रेस बुटवल नगर समितीले शोकसभा गरेको छ ।

भण्डारीको निबास तिलोत्तमामा एक कार्यक्रमका बिच शोकसभा गरिएको हो । नगरसभापति खेलराज पाण्डेले पार्टीले एक असल योद्धा र अभिभावक गुमाएको बताए । मौन धारणा सहितको शोकसभामा पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । शोकसभाको संचालन नगर सचिब ज्योति भण्डारीले गरेका थिए ।
दमका रोगी उहाको जेठ २७ गते सोमबार राति १ बजे ८७ वर्षको उमेर आफ्नै निवासमा निधन भएकोथियो । नेता डा. चन्द्र भण्डारीका दुई आमाहरु हरिकला र हरिकला रहेका छन् । त्यसैगरी उनीसहित पाँच दाजुभाइ रहेका छन् । मिन, चन्द्र, देवि, हरिहर र सह प्रा डा शंकर भाइहरु हुन् । एक भाइ फणिन्द्रको केही वर्षअघि निधन भएको थियो । मृतक भण्डारीकी एक छोरी लक्ष्मी छिन् ।