सरकारले कोरोना भाइरसको महामारीको जोखिमन्युनीकरण गर्नका लागि लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न नागरिकहरुलाई वित्तीय संस्थाहरुले पनि राहात वितरणलाई जारी राखेका छन् । यसैक्रममा दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ ।
सोहि कार्यक्रम अनुशार मुक्तिनाथ बैंकको क्षेत्रीय कार्यालय बुटवलले रुपन्देहीको सियारी गाउपालिका वडा नं ६ बर्दहवामा शैक्षिक समाग्री वितरण गरेको हो । सो स्थानमा रहेको दुर्गादेवी आधारभुत बिधालयमा अध्यानरत जेहन्दार तथा विपन्न बर्गका बिधार्थीहरुलाई पचास हजार रुपैया बराबरको शैक्षिक समाग्रि वितरण गरिएको बैकले जनाएको छ । कापी कलम झोला तथा बिद्यालय पोशाख बितरण गरेको हो । उक्त सहयोग समाग्री बैंकका प्रदेश नं ५का प्रमुख गोबिन्द अधिकारी र स्कुल ब्याबस्थापन समितीका पदाधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । गरिव तथा विपन्न वालवालिकालाई समाग्रि प्रदान गर्दा अभिभावकले ठुलो राहत महसुस गरेको विद्यालयले जनाएको छ ।