नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीको आज शनिबारकारलागि तय गरिएको पूर्व निर्धारित स्थायी कमिटी बैठक स्थगित गरि सोमबारकालागि बोलाईएको हो ।
पार्टीमा उत्पन्न विवाद समाधानकालागि अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित गरिएको बताईएको छ । शुक्रबार दुई अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शिर्ष नेतामा सहमति भएपनि छलफलमा दुबै अध्यक्ष पुरानै अडानमा रहेकाले सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।
पार्टी अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने माग गरेका छन् भने प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडान लिएका छन् ।
विवादका बिच प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेपछि नेकपाका नेताहरु सरकारले दल विभाजनको अध्यादेश ल्याउने त होईन भन्ने आशंका सहित ससंकित भएका छन् ।