सवारी दुर्घटनामा घाईते भएका गुल्मी दरबार गाउँपालिका वडा नं. २ का धनबहादुर बस्नेतको उपचारको क्रममा ज्यान गएको छ ।
शुक्रबार साँझ साढे ९ बजेको समयमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राममा सवारी दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक बस्नेतको उपचारको क्रममा साती ११ बजे क्रिमसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु २३ प ९२०५ नम्बरको मोटरसाईकलले ना ६ ख ३३६६ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकको साईडमा मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक २९ वर्षीय धनबहादुर घाईते भएका थिए । अहिले मृतकको शव सोही अस्पतालमा रहेको र मोटरसाईकल तथा ट्रक र ट्रक चालक सल्लान शारदा नगरपालिकाका टंक बुढाथोकी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले बताउनु भयो ।