कालापानी–लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न भारतको पत्र

1.3K

कालापानी–लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न भारतको पत्र

नेपाली भूमि कालापानी तथा लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुलाई प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भारतले पत्राचार गरेको छ । उक्त क्षेत्र भारतले आफ्नो भूमि भएको दावी गर्दै त्यस क्षेत्रमा नेपालीलाई प्रेवश रोक्न आग्रह सहितको पत्राचार गरेको हो ।

उक्त पत्रमा नेपालीहरु समुहमा भारतीय क्षेत्र गुन्जी, कालापानी लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपि आउन चाहेन र त्यस्तो कुनै सूचना प्राप्त भए त्यसको समेत जानकारी गराउन भनीएको छ । भारतले नेपाली भूमिमा सडक बिस्तार गरेपछि त्यसको बिरोध गरेको नेपालले हालै ति क्षेत्रलाई समेटेर नयाँ नक्सा समेत जारी गरेको छ ।

(अनलाईनखवरबाट)