सर्बोच्च पुगेको मुद्धामाथि प्रहरी घेरामा बुटवल उपमहानगरपालिकाको डोजर

1.3K

सर्बोच्च पुगेको मुद्धामाथि प्रहरी घेरामा बुटवल उपमहानगरपालिकाको डोजर

सर्बोच्च पुगेको मुद्धामा प्रहरी घेरा लगाएर बुटवल उपमहानगरपालिकाले डोजर चलाएको छ । बुटवल कालिकापथको सडक बिस्तारमा जुटेको नगरपालिकाले सडक किनारका घर भत्काउने क्रममा क्षतीपूर्तिको माग सहित सर्बोच्च पुगेका बुटवल वडा नं. ९ स्थित खिमबहादुर हमालको घरमा बुधबार बिहानै नगरपालिकाले प्रहरीको घेरा लगाएर डोजर चलाएको हो ।
नगरपालिकाले सडक बिस्तारको काम सुरु गरेपछि सडक भत्काउँदा क्षेतीपूति दिनुपर्ने माग गर्दै आएपनि नगरपालिकाले टार्ने प्रयास गरेपछि आफू अन्तिम अवस्थामा आएर क्षतीपूति भराईपाउँ भनी गत असार ३० गते सर्बोच्च पुगेको हमाल बताउनु हुन्छ । एकाबिहानै घरमा डोजर चल्दा आफू सहित श्रीमति, छोरा बुहारी र सानो नाती समेत घरमै रहेपनि आफूलाई घरबाट बाहिर निस्कन समेत नभनी एकाएक डोजर चलाएको उहाँले बताउनु भयो ।

सडक बिस्तारको काममा सहयोग गर्न र सडक किनारमा पर्ने घरहरु हटाउनकालागि नगरपालिकाले आग्रह गर्दै आएपनि हमालले व्यवास्ता गरेकाले डोजर चलाउन बाध्य भएको बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष बिष्णु थापा बताउनु हुन्छ ।
यता घरधनी हमालले भने नगरपालिकाले सडक बिस्तार गर्दा आफूहरुसंग कुनै समन्वय नै नगरी बिना योजना काम अंगाडी बढाएको र जीजि सम्पत्ति अधिग्रहण गर्दा क्षतीपूति भर्नुपर्छ भन्ने कुरालाई लत्याएर एकलौटी रुपमा घर हटाउन दवाव दिएको बताउनु हुन्छ ।

आफूलाई वैकल्पिक व्यबस्था गर्न आग्रह गर्दै बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीलाई पटक पटक आग्रह गरेपनि वास्ता नगरेकाले बाध्यभएर अन्तिममा सर्वोच्च पुगेपनि सर्वोच्चले फैसला गर्न नपाउँदै घरमा डोजर चलाएर आफूमाथि अन्याय गरेको हमाल बताउनु हुन्छ ।
गत असार ३० गते सर्बोच्च पुगेका हमालले क्षतीपूति भराईपाउँ भनी माग गर्नुभएको र यहि साउनको १३ गते पेसी तोकिएको थियो । १३ गतेको पेसीमा समेत बुटवल नगरपालिका हाजिर भएको थियो । तर १३ गते निवेदकको तर्फबाट २ कानुन व्यबसायीले बहस गरेपछि समय अभावका कारण आज साउन २१ गतेलाई पेसी सरेको थियो ।

मुद्धा फिर्ता लिन नेकपा अध्यक्ष पन्थीको आग्रह

सडक बिस्तारको काममा सहयोग गर्न आग्रह गर्दै नेकपा बुटवल नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले मंगलबार साँझ मात्रै हमालको घरमा पुगेर सर्वोच्मा दिएको मुद्धा फिर्ता गर्न आग्रह गर्नुभएको थियो । हमालका अनुसार त्यस क्रममा पनि आफूले क्षतीपूर्ति पाउने बलियो आधार बनाईदिए फिर्ता गर्न सक्ने जवाफ दिनुभएको थियो । उक्त जवाफसंगै पन्थीले बुधबार बिहान १० बजे वडामा गएर निवेदन दिन र सर्बोच्चबाट मुद्धा फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
यद्यपी रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी समेतलाई साक्षि राखेर भएको संवादको उक्त समय आउनु अगावै एकाबिहानै आएर डोजर चलाउने काम मानवता बिरोधी भएको हमाल बताउनु हुन्छ ।
घर निर्माण गर्दा नगरपालिकाको अनुमति अनुसार नै घर बनाएको र सोही अनुसार नक्सापास पनि भएको तथा राजश्व समेत सोही अनुसार बझाउँदै आएको हमाल बताउनु हुन्छ । ८२ फूट सडक निर्माण गर्दा हालसाविक पनि आफूले नगरेकाले क्षेतीपूति पाउनु पर्ने हमालको दावी छ ।