कार दुर्घटनामा तीनको मृत्यु, एक घाईते

1.3K

कार दुर्घटनामा तीनको मृत्यु, एक घाईते

शुक्रबार राती रुपन्देहीमा सवारी दुर्घटना हुँदा तीन जनाएको ज्यान गएको छ । राती करिव साढे ११ बजेको समयमा रोहिणी गाउँपालिका वडा नं. ४ छिपागढ हुलाकी सडकमा परासीबाट भैरहवा तर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित र्भइ पल्टिँदा कारमा सवार घाईते तीन जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो भने बाँकी एक जना घाईतेको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका सिद्धार्थनगर नगरपालिका वडा नं. ४ रुपन्देहीका २७ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका वडा नं. ३ मर्यादपुरका २८ वर्षीय नौसाद दर्जी र रामग्राम नगरपालिका वडा नं. १२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तैगरी अर्का घाईते रुपन्देही ओमसतीया गाउँपालिका वडा नं. ४ बालापुरका ३४ वर्षीय अनिल यादवको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको पनि प्रहरीले जनाएको छ ।