डा. अनिष सापकोटा /
लम्पी स्किन डिजिज विशेषत गाईमा लाग्ने एक सरुवा रोग हो। यो रोग लागेपछी पशुलाईज्वरो आउनाको साथै पशुको शरीरमागाठागुठि देखिने र पाक्ने हुन्छ। सन् १९२९ मा अफ्रिकामा पहिलोपल्ट देखिएको यो रोग अफ्रिकाभन्दा बाहिर २०१२ मा एसिया र युरोपमा देखिएको थियो। हाल आएर नेपालको तराई क्षेत्रका बिभिन्न जिल्लाहरुमा यो रोग पुष्टि भईसकेको र हालै आएर छिमेकी जिल्ला तनहुमा पनि देखिएको हुनाले स्याङ्जा जिल्लामा पनि यो रोग देखिने सम्भावना उच्च रहेको छ। यो रोग लागिसकेपछि मृत्युदर १ देखि ५ प्रतिशत छ। मृत्युदर तुलना गर्दा स्थानीय जातका पशुभन्दा उन्नत जातका पशुमा संक्रमण तथा मृत्युदर बढी रहेको पाईन्छ। यसो हेर्दा मृत्युदर कम देखिएतापनि उपचार खर्च धेरै लाग्ने, लामो समयसम्म पशु कमजोर हुने, उत्पादन कम हुने आदि कारणले गर्दा यो रोग लागिसकेपछि किसानलाई ठुलो नोक्सानी हुन्छ। पशुपालक कृषकलाई ठुलो हानि हुने भएतापनि मानिसमा भने यो रोग देखिदैन।

यो रोगको कारक तत्व भाईरस (बिषाणु) हो। यो भाईरस बिफरको भाईरससंग मिल्दोजुल्दो हुन्छ। संक्रमित पशुको छालामा आएको घाउमा अत्यन्तै धेरै मात्रामा भाईरस रहेको हुन्छ। यसबाहेक र्याल, रगत, सिगान आदिमा पनि भाईरस रहेको हुन्छ। यी बस्तुहरुको सम्पर्कमा आउने अरु पशु बस्तुमा यो रोग निम्न माध्यमहरुबाट सर्ने गर्छ।
· यो रोग सर्ने मुख्य माध्यम भनेको लामखुट्टे,झिंगा डास, किर्ना लगायत पशुलाई टोक्ने किराहरु हुन्। यी किराहरुले संक्रमित पशुलाई टोकेर स्वस्थ पशुलाई टोक्दा स्वस्थ पशुलाई संक्रमण हुन्छ।
· पशुको घाउ,र्याल, रगत, सिगान आदिको सम्पर्कमा आएको दाना, पानि, घास, भकारो आदीको सम्पर्कमा आउने पशुलाई यो रोग सर्छ।
· यस्तै,रोगी साढेबाट स्वस्थ गाईमा र रोगी गाईबाट स्वस्थ साढेमा पनि यो रोग सर्ने गरेको पाईएको छ।
यो रोगका लक्षणहरु निम्नानुसार छन्।

भाईरसले गर्दा लाग्ने भएकाले यो रोगको खास उपचार सम्भब छैन। यस अवस्थामा सकेसम्म चाडो पशु चिकित्सक वा प्राबिधिकहरुलाई सम्पर्क गर्नुपर्छ। निम्न उपायहरु अबलम्बन गर्दा पशुको रोगसँग लड्ने क्षमता बढ्ने र निको हुने सम्भावना बढ्छ।
यो रोगको नियन्त्रण गर्ने उपाय भनेकै रोग लागेको सकेसम्म चाडो जानकारी प्राप्त गर्ने र यसले महामारीको रुप लिनुभन्दा पहिले नै रोकथाम गर्ने नै हो। यसका लागि निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ।
(पशु चिकित्सक गल्याङ नगरपालिका, स्याङ्जा)